एनआरएनए सञ्चार कार्यदलको पहिलो बैठक सोमबार बस्दै


बार्सिलोना/ गैरआवासीय नेपाली संघ (एनआरएन) ले गठन गरेको सञ्चार कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ। प्रवक्ता रञ्जु वाग्ले थापाको अध्यक्षतामा गठित कार्यदलले पूर्णता पाए पछि पहिलो बैठक सोमबार बस्न लागेको हो। बिबिध बिषयमा छलफल गर्दै बैठकले कार्यदलको जिम्मेबारी बारे छलफल केन्द्रित गर्ने बुझिएको छ।

कार्यदलमा बेलायतकी संगीता मरहठ्ठालाई कार्यदल सहअध्यक्ष तोकिएको छ । अक्टोबर २०१७ सम्म समयसीमा तोकिएको उक्त कार्यदलको अमेरिकामा संयोजक कृष्ण केसी, एसिया प्यासेफिकमा इन्द्र गुरुङ, मध्यपूर्व संयोजकमा रवि रोशी, ओसियना संयोजकमा सुजित सिग्देल रहेका छन् ।

कार्यदलको अन्य सदस्यहरुमा बसन्त रानाभाट (युरोप),नवराज पोखरेल (यूरोप), सन्ध्या शाह (ओसियना), नवराज विक (मध्यपूर्व), प्रतिज्ञा अधिकारी ( ओसियना ), बुद्धि सागर ( ओसियना ), सानु घिमिरे (ओसियना), नारायण पौडेल (गाउँले) (बेलायत), शिवराज पौडेल (अमेरिका), कोपिला गौतम (एसिया प्यासेफिक), पूर्ण बहादुर श्रेष्ठ (मध्यपूर्व) र शरद गौतम (एसिया प्यासेफिक) रहेका छन् ।