शिक्षक तथा संचारकर्मी सुवेदीको मलामी उपन्यास विमोचन


कृष्ण रानाभाट/पोखरा, १३ चैत ।

शिक्षक तथा संचारकर्मी शिबराज सुवेदीको पहिलो कृति मलामी उपन्यास शनिबार पोखरामा एक कार्यक्रममा विमोचन भएको छ ।

उपन्यासको लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने, बिशेष अतिथि संचारकर्मी आरजु बिष्ट सल्यानीलगायतले विमोचन गरेका थिए ।

उनले आफुले गीत संगीतको क्षेत्रमा प्रवेश गर्दाको अनुभव व्यक्त गर्दै कुनै पनि क्षेत्रमा सजिलै स्थापित हुन सकिदैन त्याग तपस्या र निरन्तरता दिनुपर्ने बताए ।

विमोचन कार्यक्रममा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने र आरजु बिष्ट सल्यानीलाई सम्मान पत्र, दोसल्ला, अबिर लगाई सम्मान गरिएको थियो ।

गायक तारानाथ आचार्य, आरजु बिष्ट सल्यानी, अखिल क्रान्तिकारीका पुर्ब अध्यक्ष क्षितिज सापकोटा, अध्यक्ष नेपाल विद्यार्थी संघ कास्कीका अध्यक्ष सरोज केसी, कलाकार राजकुमार कार्कीलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

लेखक सुवेदीकि आमा पबित्रा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक राजन पंगेनीले गरेका थिए ।

तपाईको प्रतिक्रिया