जनसम्पर्क समिति डेनमार्कद्वारा पर्वतका गरीब बिद्यार्थीलाई सहयोग


कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्कले पर्वतका दुई गरीब तथा जेहन्दार बिद्यार्थीलाई सहयोग प्रदान गरेको छ । सहयोग रकम नेपाल भ्रमणको क्रममा जनसम्पर्क समिति डेनमार्कका सल्लाहकार प्रकाश ढकालले पोखरामा आयोजीत एक कार्यक्रममा प्रदान गरेका हुन् ।

नवजागृत उच्च माध्यमिक बिद्यालय पर्वत तिलाहरमा अध्ययन गरेका पुर्व बिद्यार्थीहरु मनोज के.सी. र इन्दिरा बस्नेतलाई प्रदान गरिएको हो । दुई बिद्यार्थीहरुको लागि रकम साठी हजार छ सय रुपैंया रहेको छ । बिद्यार्थी के. सी. हाल जनप्रिय उच्च मा.वि. पोखरामा र छात्रा बस्नेत स्पिरल ग्यालेक्सी उच्च मा.बि. पोखरामै कक्षा १२ मा अध्ययनरत छन् । उनीहरु दुवै जना २०७० सालको एस.एल.सी. परिक्षामा छात्र र छात्रातर्फको तर्फबाट पर्वत जिल्ला प्रथम हुन् ।

दुवै बिद्यार्थीको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले बिद्यालयले स्रोत साधन जुटाएर उनीहरुको पढाईमा अहिले पनि सहयोग गरेको सो बिद्यालयका प्रधानध्यापाक बिष्णु प्रसाद सुवेदीले बताए भने बिद्यालयका शिक्षक दिनेश शर्मा पौडेलले यो रकमले उनीहरु दुवै जना १२ कक्षा अध्ययन गर्न पुग्नेमा आशा व्यक्त गरेका छन् ।

सहयोग रकम पाए पश्चात छात्रा बिद्यार्थी बस्नेतले सहायोग गर्ने संस्था जनसम्पर्क समिति डेनमार्कप्रति आभार व्यक्त गरेकी थिइन । सो अवसरमा दुवै बिद्यार्थीका अभिभावक उपस्थित रहेका थिए ।