हेमजा वोर्डिङमा अभिभावक विच खेलकुद कार्यक्रम


पोखरा, १३ चैत।

हेमजा वोर्डि· स्कूल हेमजाको आयोजनामा अभिभावक वीच अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ।

अभिभाव अभिभावक वीच भाईचारा कायम गर्ने उद्देश्यले अतिरिक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत चम्चा दौड, म्यूजिकल चियर दौड, गिलास ढलाई तथा शिक्षक र अभिभाव वीच मैत्रिपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरिएको हो।

महिला चम्चा दौड तर्फ पिङ्की देउजा प्रथम, वविता पौडेल द्धितीय र सिमा कँवर तृतीय भएका थिए। पुरुष चम्चा दौड तर्फ काशिराम त्रिपाठी प्रथम, रेशम कुँवर द्धितीय र प्रकाश पौडेल तृतीय भएका थिए।

महिला कुर्ची दौड तर्फ सर्मिला विक प्रथम, वि त्रिपाठी द्धितीय र गायत्री भण्डारी तृतीय भएका थिए भने पुरुष कुर्ची दौड तर्फ विष्णुप्रसाद पौडेल प्रथम, शिवमणी त्रिपाठी द्धितीय र राजु दाहाल तृतीय भएका थिए।

त्यसैगरी, गिलास ढलाई पुरुष तर्फ पदम सिञ्जाली प्रथम, विष्णुप्रसाद पौडेल द्धितीय र विजय दाहाल तृतीय भएका थिए भने महिला गिलास ढलाई तर्फ गायत्री भण्डारी प्रथम, नारयणी भण्डारी द्धितीय र पिङ्की देउजा तृतीय भएका थिए ।

साथै अभिभावक र शिक्षक वीच भएको मैत्रिपूर्ण भलिवल प्रतियोगितामा अभिभावकले जितेका छन्। कार्यक्रममा बोल्दै समाजसेवी तथा विद्यालयका अभिभावक शोभाकर तिमिल्सिनाले विद्यालयले उदाहरणीय काम गरेको बताए ।

विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरु मात्रै सहभागि हुन परिपाटी थियो उनले भने–अव अभिभावक पनि सहभागि भएर अभिभावक वीच भाईचार कायम गर्ने काम भएको छ यो उदाहरणी कामको थालनी हो।

विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले यो वार्षिकोत्समा केहि फरक कार्यक्रम गरौ भनेर नै अभिभाव वीच अतिरिक्त क्रियाकलप राखेको बताए ।

यो हाम्रो पहिलो शरुवाती हो उनले भने–अभिभावकहरुको सल्लाह सुझवाबाट नै आगामि दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने छौ ।

शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थापक तथा प्रवन्ध निर्देशक माधवशरण पौडेलले स्वागत र सहायक प्रिन्सिपल भरतराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

विद्यालयका आसन्न १९ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहाको अवसर पारेर अतिरिक्त क्रिायकलापको आयोजना गरिएको विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराज तिमिल्सिनाले जानकारी दिए ।

विद्यालयको वार्षिकोत्सव चैत २७ गते विद्यालय प्रा·णमा मनाईने भएको छ। यो अलाल विद्यार्थीहरुको अतिरिक्त क्रियाकाप पनि सञ्चाल हुदै आएको विद्यालयका खेल शिक्षक विष्णु कुँवरले जानकारी दिए ।