ब्रसेल्स आक्रमण पछि,फ्रान्सको तिरको अबस्था कस्तो छ ?


फ्रान्सेली प्रहरीले प्यारिसको उत्तरपश्चिमी भागमा फ्रान्समा आक्रमणको तयारी गरिरहेको आरोपमा एक पुरुषलाई पक्राउ गरेपछि एक प्रतिआतंकवाद कारबाही शुरु गरेको छ।

प्रहरीले आर्गेन्टउल क्षेत्रका फ्ल्याटहरुमा खोजी कार्य जारी राख्दै हातहतियार र विष्फोटक पदार्थ भए नभएको पत्ता लगाउने कोसिस गरिरहेका छन्। फ्रान्सेली आन्तरिक मन्त्रीको भनाइमा पछिल्लो योजनाको केहि महिना अघिको प्यारिस हमला र मंगलबारको ब्रसल्स आक्रमणसँग कुनै सम्वन्ध भएको प्रमाण फेला परेको छैन।
तथापी प्यारिसमा अर्को आक्रमणको तयारीलाई त्यहाँको सुरक्षा बलले निस्तेज पारिदिएको फ्रान्सेली गृह मन्त्री बेर्नार्ड काजेनुभले बताए।

‘सुरक्षा घेरा’

प्यारिसबाट बीबीसीका ह्युज शोफील्ड भन्छन्, “त्यस क्षेत्रमा सुरक्षाकर्मीहरुको ठूलो घेरा रहेको छ। सुरक्षाकर्मीले हतियार र विष्फोटक पदार्थको खोजी गरिरहेका छन्।”
फ्रान्सका आन्तरिक मन्त्रीका अनुसार बिहिबार बिहान एकजना महत्वपुर्ण संदिग्ध व्यक्ती पक्राउ परेपछि कारवाही शुरु भएको हो।

उनको भनाइमा आक्रमणको योजना अन्तिम चरणमा पुगेको थियो तर अब त्यसलाई विफल तुल्याइएको छ। बेल्जियमले चाँही बसल्सका आक्रमणकारीहरुलाई बेलैमा पक्राउ गर्न सकिने सम्वन्धमा आफ्नो तर्फबाट गल्ती भएको बताएको छ।

बेल्जियमले टर्कीले दिएको सुचनाका आधारमा ब्रसल्स हमलामा संलग्न ब्रहिम एल-बख्रावीलाई नसमातेर आफूले गल्ती गरेको स्वीकार गरेको छ। टर्कीले गत जुन महिनामा एल-बख्रावीलाई पक्राउ गरेर देश निकाला गरिदिएको थियो।

सुचना

ब्रसल्स आक्रमणमा घाइते भएका ३०० जना मध्ये १०० जना भन्दा बढी अझै अस्पतालहरुमा छन्। त्यसपछि उस्ले बेल्जियमलाई उनी एक विदेशी लडाकू भएको जानकारी दिएको थियो।

तर त्यो सूचनालाई वेवास्ता गरिएको टर्कीको भनाइ छ। बेल्जियमका गृहमन्त्री र कानून मन्त्रीले सो विफलताको घटनालाई लिएर आफूहरुले राजिनामा दिन चाहेपनि प्रधानमन्त्रीले नमानेको बताएका छन्।

प्रहरीले बिहिबार साँझ ब्रसल्स वरपर गरिएको खोजीका क्रममा ६ जनालाई पक्राउ गरेको जनाएको छ। मंगलबारको आत्मघाती आक्रमणमा ब्रसल्समा ३१ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार घाइते मध्ये १२१ जना अझै अस्पतालमा छन् र ती मध्ये ६३ जनाको अवस्था गम्भीर छ।- बीबीसी