बिपी प्रतिष्ठान बेलायतको संयोजकमा बस्नेत


बीपी चिन्तन प्रतिष्ठानले बेलायतका लागि कुस बस्नेतलाई संयोजक तोकेको छ ।
प्रजातान्त्रिक आन्दोलनका अग्रज बीपीको विचारलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले स्थापना भएको सो प्रतिष्ठानले पहिलोपटक बेलायत संयोजक तोकेको हो ।

प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई तथा महासचिव देवेन्द्र प्रकाश पौडेलद्वारा जारी पत्रमा बस्नेतको मनोनयनले प्रतिष्ठानको उद्देश्य प्राप्तिको दिशामा ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।
12899940_1309855909041500_620327954_n-508x700