महजोडी बार्सिलोना आउँदै


बार्सिलोना / नेपाली जनसम्पर्क समिति स्पेनले मह जोडीको बिशेष प्रस्तुती सहित साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ। नेपाली नयाँ बर्षको उपलक्ष्यमा समितिले स्पेनमा पहिलो पटक महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यलाई ल्याउँन लागेको हो।

युरोप टुरमा आउँन लागेका महजोडीको प्रस्तुती आउँदो अप्रील १७ तारिख बार्सिलोना हुने निश्चित भएको समितिका महामन्त्री राजु थापाले जानकारी दिए। महजोडीको साथमा नरेन्द्र कंसकार,मोहित आचार्य,माण्डवी त्रिपाठी,यमन श्रेष्ठ सहितका कलाकारहरु बार्सिलोना आउँने भएका छन्।

कार्यक्रमको संयोजन गरिरहेका सुबास बहादुर बिष्टले मह जोडी जस्ता राष्ट्रिय गहनालाई स्पेनमा ल्याउँने सुनौलो अबसर पाएको बताउँदै,कार्यक्रम सफल पार्न सबैलाई अनुरोध गरेका छन्। बिष्टले भने,”प्रबासमा बसेर महजोडीको प्रहसन हेर्न पाउँनु सबै स्पेनबासी नेपालीहरुको लागि सुनौलो अबसर हो,त्यसैले कार्यक्रममा उपस्थिति भएर सभ्य र भब्य बनाउँन अनुरोध गर्दछु।”

कार्यक्रम बारे मिति तय भए पनि कार्यक्रम स्थलबारे छिट्टै टुङ्गो लगाउँने समितिले जनाएको छ। मह जोडीले नयाँ बर्षको अबसरमा स्पेन बाहेक नर्बे,फिनल्याण्ड,डेनमार्क,पोल्याण्ड,स्विडेन,जर्मनी,फ्रान्स,स्बिजरल्याण्ड,बेल्जियम लगायतका युरोपियन मुलुकहरुमा कार्यक्रम गर्दै छन्।

गैर आवासीय नेपाली संघको आयोजनामा वुमन वेलफेर च्यारिटीको सहयोगार्थ महजोडी युरोप यात्रामा आउँन लागेका हुन्।