पत्रकार महासंघ युरोप शाखाको प्रेस बक्तब्य


प्रेस बक्तब्य मिति : २२ मार्च २०१६

बेल्जियमको ब्रसेल्स अन्तराष्ट्रीय बिमानस्थल र यूरोपेली संघको मुंख्यालय नजिक रहेको भूमिगत रेलमार्ग मोलविक मेट्रो स्टेशनमा आज २२ मार्च २०१६ का दिन बिहानै आतंककारी समुहद्वारा गरिएको बम बिस्फोटको घटना प्रति नेपाल पत्रकार महासंघ यूरोप शाखा स्तब्ध भएको छ। यस्ता आतंकबादी गतिविधिको समर्थन कसैबाट हुन सक्दैन ।

यस त्रासदीपूर्ण र भयावह बिष्फोटको हामी भर्त्सना गर्दछौ । सिंगो बेल्जियम र यूरोप आतंकित रहेको यस दुखद परिस्थितीमा हजारौ हजारको संख्यामा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो सुरक्षामा सतर्कता अपनाऊन बिशेष आग्रह गर्दछौ।

बर्बर र अक्षम्य यस्तो अपराधिक कार्यको बिरोध गर्दे घटना र पछिल्ला गतिविधिबारे आबश्यक जानकारी चाहिएमा सूचनाको निमित्त महेश थापा ००३२ ४८८९५ ७७७० ,केजिन राई ००३२ ४८८५८६३ ८८ ,र ओम शर्मालाई ००३२ ४८७५२ ४१४४ फोन नम्बरमा सम्पर्क गर्नहुन अनुरोध गर्दछौ । साथै बम बिस्फोटमा परि निधन भएका मृत आत्माहरू प्रति हार्दिक श्रद्दान्जली र शोक संतप्त परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्न चाहान्छौ ।

केजिन राई
अध्यक्ष

प्रकाश ढकाल
महासचिब
नेपाल पत्रकार महासंघ यूरोप च्याप्टर