मृतकको सम्झना गर्दै बेल्जियममा एक मिनेट मौनधारणा


बेल्जियमका नागरिकहरुले मंगलबार ब्रसल्समा गरिएका आक्रमणका पीडितहरुको सम्झनामा एक मिनेट मौनधारणा गरेका छन्। हजारौं मानिसहरु शहरको केन्द्रीय भागमा जम्मा सडकपेटिमा लेखिएका आफूहरु नझुकेको भन्ने खालका सन्देशका छेउमा मैनबत्ती बालेका थिए र पुष्पगुच्छा अर्पण गरेका थिए।

युरोपियन युनियनको मुख्यालयमा युरोपेली कमिसनका नेताहरुसहित राजा फिलिप, प्रधानमन्त्री शाल मिसेल र फ्रान्सका प्रधानमन्त्री म्यानुअल भाल्स सहभागी थिए।
साँझका लागि निर्धारित बेल्जियम र पोर्चुगलबीचको फुटबल खेल मंगलबारको हमलाको कारण देखाउँदै स्थगित गरिएको छ।