ब्रसेल्स आक्रमणका एक सन्दिग्ध पक्राउ


ब्रसेल्समा भएको चरमपन्थी आक्रमणकारीको पहिचान भएको छ । एक सन्दिग्ध पक्राउ परेका छन् । बेल्जियमको मिडियाले न्याय अधिकारीहरुलाई उधृत गर्दै जनाए अनुसार नाजिम लाचारावी नामका व्यक्ति एन्डरलेक्ट इलाकाबाट पक्राउ गरेको हो ।

ब्रसेल्सको विमानस्थलमा विस्फोट हुनु ठिक अघि सीसीटीभी फुटेजमा नाजिम देखिएको छ । पहिचान भएका दुई जना भने आत्मघाती आक्रमणकारी हुन् । आक्रमणकारी दुई भाइ हुन् । उनीहरुको नाम खालिद र ब्राहिम अल बक्रवी हो । आरटीबीएफका अनुसार उनीहरुबारे प्रहरीलाई पहिलेदेखि नै जानकारी थियो ।

सीसीभिटी क्यामरामा कैद भएको दृष्यको आधारमा आक्रमणकारीको पहिचान गरिएको हो । क्यामराको दृष्यमा यी दुई आक्रमणकारीहरु कालो पहिरनमा छन् र ट्रलीलाई ठेल्दै विमानस्थलतर्फ प्रवेश गरिरहेको दृष्य देखिएको छ ।

brussels-attackedउनीहरुको छेउमा सेतो कपडा लगाएका तेस्रो व्यक्ति नाजिम लाचरवी पक्राउ परेका छन् । गत वर्ष पेरिस आक्रमणमा संलग्न भएको भन्दै नाजिमको प्रहरीले खोजी जारी राखेको थियो । विमानस्थलमा दुई र मेट्रो स्टेशनमा एउटा बम विष्फोट भएका थिए । आक्रमणको जिम्मा इस्लामिक स्टेट नामक अतिवादी संगठनले लिएको छ ।

बम विष्फोटलगत्तै गरिएको सर्च अपरेशन गर्दा प्रहरीले रासायनिक पदार्थले भरिएको विष्फोटक बस्तु र इस्लामिक स्टेटको झण्डा बरामद गरेको थियो । केहि दस्तावेजहरु पनि बरामद भएका छन् र त्यसमा इस्लामिक स्टेटले यूरोपमा काम गर्ने तौर तरिकाबारे उल्लेख छ ।

फ्रान्सेली जासुस एजेन्सी डिजिएसआईले इस्लामिक स्टेटका केही लडाकूहरुलाई पक्राउ गरेको छ र सोधपुछ जारी छ । त्यसबाट हतियार र तालिमको तौरतरिकाबारे जानकारी मिलेको दाबी गरिएको छ ।