गेसोद्वारा बेलायती सरकारलाई ५ बुदे ज्ञापनपत्र


कृष्ण रानाभाट/पोखरा

गोरखा भुतपुर्व सैनिक संघ गेसोले नेपाल बेलायतको मैत्रीपूर्ण २०० औं बर्ष पुगेको अबसरमा नेपाली युवा लाई अबैध तरिकाले भर्ती लिइरहेको भन्दै पाँच बुदे ज्ञापनपत्र बेलायत सरकारलाई बुझाएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

ज्ञापनपत्रमा पहिलो र दोस्रो विश्व युद्धमा मारिएका, घाइतेहरू र बेपत्ताको अहिलेसम्म नेपाल सरकार र बेलायत सरकारले सहि सूचना उनका परिवारलाई किन दिएको छैन भन्दै २ सय बर्षसम्म एक सार्बभौमसत्ता सम्पन्न देशका नागरिकलाई सैन्य सेवामा कुन र कस्तो सन्धि सम्झौता अनुसार लगाइएको हो भनिएको छ।

त्यसै गरि विश्व युद्धमा नेपाली युवाहरू लड्नु पर्ने कारण के? सैनिक सेवाको को बैधानिकता के ? नेपाली युवाहरूलाई तेस्रो देशमा काममा लगाउने अधिकार कस्ले दियो ? जस्ता प्रश्नहरु गरिएको गेसोका सभापति पदमबहादुर गुरुङले सो अबसरमा जानकारी दिएका थिए ।

गेसोको आन्दोलनलाई नजीक बाट अध्ययन गरेका पत्रकार एंब बुद्धिजीवी श्यामलले आफू गेसोको अभियानमा लाग्नुको कारण बताउँदै नेपाल सरकारले आफ्ना नागरिकको नैसर्गिक अधिकार दिन नसकेकोमा खेद व्यक्त गरेका थिए । साथै उनले सूचनाको हक प्रयोग गरि नेपाल सरकारसंग बेलायत सेनामा भर्ना भइ युद्धमा मारिएका, बेपत्ता भएका, घाइतेहरुको सहि सूचनाको माग गरेको बताए ।