स्पेनमा बस दुर्घटना,१३ जना अन्तराष्ट्रिय बिद्यार्थीको मृत्यु


वार्सिलोना वाट दक्षिण तर्फ करिव १५० किमी टाढाको दुरीमा बस दुर्घटना हुदाँ १३ जना बिद्यार्थीहरुको मृत्यु भएको छ। दुर्घटनामा परी मर्नेहरुमा सबै अन्तराष्ट्रिय बिद्यार्थीहरु रहेका छन्। मृत्यु हुनुहरुमा सबै जना महिला रहेको अधिकारीहरुले जनाएका छन्। बार्सिलोना र भ्यालेन्सिया बीच भाग फेरिन्गल नजिकै बस दुर्घटना भएको हो।

बेलायत,हंगेरी,जर्मनी,स्बिडेन,नर्बे,स्बिजरल्याण्ड,चेक गणतन्त्र,न्युजियाण्ड,ईटाली,पेरु,बुल्गेरिया,पोल्याण्ड,आयरल्याण्ड,जापान,प्यालेसटाईन,र युक्रेनका ५७ जना बिद्यार्थीहरु बसमा यात्रा गरिरहेका थिए।

बिद्यार्थीहरु इयरमुसमा भएको एक कार्यक्रममा सहभागी भएपछि बार्सिलोना तर्फ फर्कदै थिए।थप बिबरण अझै आउँन बाँकी रहेको छ।

 

_88863064_8a52e8bc-a500-43f1-be5b-f8ea46739a7d