एनआरएनए विधान संसोधन समितिले पूर्णता पायो (सुची सहित)


गैरआवासीय नेपाली सँघको विधान संसोधन समितिको विस्तार गरिएको छ । समितिका संयोजक डा हेमराज शर्मा बिभिन्न क्षेत्रको प्रतिनिधत्व गराउँदै आइतवार सो समितिको विस्तार गरेका हुन् ।

एक ब्यक्ति एक समिति, एनसिसी तथा आइसीसीको बिभिन्न पदमा रहि काम गरेको अनुभवका आधारमा समिति बिस्तार गरिएको डा शर्माले जनाएका छन् । विधान समिति सँघभित्र निकै शक्तिशाली समिति मध्यको एक समिति हो । सँघको संरचना परिवर्तन गर्न सक्ने प्रावधान समेत प्रस्ताव गर्न सक्ने अधिकार विधान संसोधन समितिमा निहीत छ ।

समितिको सल्लाहाकारमा एनआरएन प्रमुख संरक्षक जीवा लामिछाने, संस्थापक उपाध्यक्ष, रामप्रताप थापा, डा अम्बिका अधिकारी (अमेरिका) , नरेश कोइराला (क्यानाडा) र हितमान गुरुङ (बेलायत ) छन् । सो समितिको ओसियाना, अफ्रिका क्षेत्र हेर्ने गरि सो समितिको उपसंयोजकको जिम्मा पूर्व प्रबक्ता मन केसीलाई दिइएको छ ।

विधान संशोधन सुझाव तथा नियमावली निर्माण समिति यस प्रकार रहेको छ । 

Screen Shot 2016-03-21 at 01.13.54 Screen Shot 2016-03-21 at 01.14.02