सागमा स्वर्ण विजेता खेलाडीलाई पोखरामा सम्मान (फोटोफिचर)


सन्देश श्रेष्ठ/पोखरा

भारतमा सम्पन्न बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका नेपाली खेलाडीलाई शनिबार पोखरामा सम्मान गरिएको छ । सहारा क्लव पोखराले वर्ण जितेको पुरुष फुटबल टिमका खेलाडी तथा प्रशिक्षक र उसुमा स्वर्ण पदक जित्ने निमा घर्ती मगरलाई सम्मान गरेको हो ।

सम्मानित सबै खेलाडीलाई जनही दश/दश हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाबाट संकलन भएको कुल ८५ हजार ५ सय ५५ रुपैयाँ पनि सम्मानित सबै खेलाडीलाई दामासाहीले जनही ३ हजार ४ सय २२ रुपैयाँ पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा फुटबलका प्रशिक्षक राजुकाजी शाक्यसहित १८ जना र उसुमा स्वर्ण जित्ने निमा घर्ती मगर सहभागी थिए । फुटबल खेलाडीहरु नवयुग श्रेष्ठ, विक्रम लामा, जगजित श्रेष्ठ, अनन्त तामाङ र जुडोमा स्वर्ण जित्ने फूपू ल्हृयामु खत्री भने सम्मान कार्यक्रममा उपस्थित भएनन् ।

unnamed-24कार्यक्रममा खेलाडीहरुलाई ट्रली बसमा राखेर फुलमाला, पञ्चेबाजा र झाँकिसहित बिजयोत्सव र्‍याली निकालिएको थियो ।मानवअधिकारचोक चिप्लेढुङ्गाबाट सुरु भएको बिजयोत्सव र्‍याली न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै पोखरा रङ्गशालामा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो ।

र्‍यालीमा सहभागी खेलाडीलाई घर–घरबाट हेर्नेको भीड लागेको थियो भने सर्वसाधरणले बिजयप्रति सम्मान व्यक्त गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै सहारा क्लब पोखराका अध्यक्ष बीरभद्र आचार्यले स्वर्ण जितेर नेपालको शीर उचो पार्नुका साथै नेपालको ईज्जत र प्रतिष्ठा बढाएको बताए ।
तस्बिर:- कृष्ण रानाभाट

unnamed-26unnamed-25unnamed-27unnamed-23unnamed-29