एनआरएनए स्पेनले,भूकम्पवाट क्षतिग्रस्त बिद्यालय बनाउँने


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले भूकम्पबाट क्षतिग्रस्त बिद्यालयको पुन;निर्माणको काम सुरु गरेको छ। धादिङ् जिल्ला स्थित श्री मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे भबन शिलायान्स गर्दै पुन;निर्माणको काम सुरु गरेको हो।

संघले ९ हजार युरो अर्थात करिब ११ लाख रुपैयाँको लागतमा बिद्यालयमा दुई कोठे भबन निर्माण गर्दै छ। गत बर्ष गएको बिनाशकारी भूकम्पका कारण, निलकण्ठ – ११ सांकोष भोर्लेमा रहेको, ११ कोठे बिद्यालय भबन क्षतिग्रस्त भएको थियो। भूकम्पबाट बचेका बिद्यालयका ४- ५ वटा कोठाहरु पनि चर्किए पछि एनआरएनए स्पेनले पुन;निर्माणमा चासो देखाएको हो।

भबनको शिलान्यास,पाँच लाख रुपैयाँ हस्तान्तरण

एनआरएनए स्पेनका निर्बमान अध्यक्ष तथा आईसीसी सदस्य एकराज गिरीले धादिङ्मा पुगेर बिद्यालयको शिलान्यान्स गरेका छन्। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टंकप्रसाद धमला र प्रधानध्यापक टोप बहादुर गुरुङलाई काम सुरु गर्न पाँच लाख रुपैयाँ हस्तान्तरण गर्दै भबनको शिलान्यास समेत गरेका हुन्। भवन बनाउँनको लागि संघले ११ लाख रुपैयाँ सहयोग गर्ने भए पनि पहिलो चरण अन्तर्गत पाँच लाख रुपैयाँ प्रदान गरेको हो।

कार्यक्रममा सहभागिता जनाउँन स्पेनबाट नै संघका निबर्तमान प्रबक्ता सन्तोष श्रेष्ठ पनि धादिङ् पुगेका थिए। कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु,समाजसेबी,अबिभाबक तथा बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।

६ महिनामा भबन निर्माण सम्पन्न गर्नु पर्ने

एनआरएन स्पेन र बिद्यालयबीच ६ महिना भित्रमा भबन निर्माण गरिसक्नु पर्ने सम्झौता भएको छ। कार्य सम्पन्नताको आधारमा संघले बाँकी ६ लाख रुपैयाँ निकासा गर्दै जाने प्रतिबद्दता सहित सम्झौता भएको हो।

12721560_1161080397244703_1929616573_nभबन निर्माणमा लाग्ने कुल लागतको २५ प्रतिशत जन श्रमदान भने बिद्यालयले अभिभाबक,समाजसेबी तथा शुभचिन्तकहरुसँग मिलेर जुटाउँने प्रतिबद्दता ब्यक्त गरेको छ। मनरुपी भबन निर्माण समितिको नाममा बैङ्क खाता खोली ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानध्यापक  र रामकुमार भण्डारीको संयुक्त दस्तखतमा कारोबार गर्ने निर्णय समेत भएको छ।

नेपालमा भूकम्प जाँदा एनआरएनए स्पेन र यहाँ स्थित संघ संस्थाहरुले मिलेर राहत संकलन गरेका थिए। स्पेनमा गठित भूकम्प पिडित राहतकोषबाट करिब १ लाख ३ हजार ५ सय युरो एनआरएनको राहत कोषमा पठाईएको थियो।

बाँकी रहेको रकमबाट नै धादिङ्को मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे भबन निर्माण गर्न लागेको हो। रकम संकलन अभियानमा नेपाली समुदाय बाहेक, स्पेनिसहरुले पनि सिधै खातामा रकम जम्मा गरेर सहयोग गरेका थिए।

12476576_1161080560578020_1568191455_n 12442762_1161080720578004_1142375586_n 12071765_1161080830577993_2033697306_n