बेलायती राजकुमार हृयारी काठमाडौंमा


बेलायती राजकुमार ह्यारी पाँच दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन् ।

पाँचदिने नेपाल भ्रमणको लागि बेलायती राजकुमार ह्यारी काठमाडौं आइपुगेका छन् । उनी कतार एयरवेजको विमानबाट  त्रिभुवन विमानस्थल आइपुगेका हुन् । हृयारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीयविकास राज्यमन्त्री कुन्तीकुमारी साहीले स्वागत गरेकी छन् ।

ह्यारीले नेपाल बसाईको क्रममा पोखरा, बर्दियालगायत स्थानको भ्रमण गर्नेछन् भने विभिन्न पुरातात्विक सम्पदाहरुको समेत अवलोकन गर्नेछन् ।उनको टोलीमा ३५ सदस्य छन् ।