प्राण मुन्दी ब्याण्ड,बार्सिलोना आउँदै


बार्सिलोना/ युरोप यात्राको रहेको प्राण मुन्दी ब्याण्ड स्पेनको बार्सिलोना आउँने भएको छ। “हामी यात्री” एल्बमको प्रमोसनमा रहेको ब्याण्ड युरोप यात्राको क्रममा बार्सिलोना आउँन लागेको हो। यही मार्च २० तारिख आईतबार पोताला रेष्टुरेन्टले कार्यक्रमको आयोजना गर्दैछ।

नेपाली फ्युजन ब्याण्डको रुपमा परिचित प्राण मुन्दीले शात्रिय तथा लोकसंगीत प्रस्तुत गर्दै बार्सिलोनाबासी नेपालीहरुको मन तान्ने अपेक्षा गरिएको छ। फेब्रुअरी देखि सुरु भएको ब्याण्डको युरोप यात्रा बेलायत,बेल्जियम, लग्जेम्बर्ग, हल्याण्ड, जर्मनी,अस्ट्रिया स्पेन लगायतका देश हुँदै मार्च २६ बाट टुंगिने छ।

ब्याण्डका सदस्य प्रताप केसीले बाँसुरीमा मनोज गौतम तबला र मादल र मनिष गन्दर्भ सारंगीमा रहेका छन्। पोताला रेष्टुरेन्ट बार्सिलोनाको संचालक दाबा ऋषि श्रेष्ठले आँफुले नाफा,घाटालाई नभई नेपाली कलाकारहरुको सम्मानको लागि कार्यक्रमको आयोजना गरेको बताए। उनले भने,” केहि स्पेनिस नागरिकहरु पनि कार्यक्रममा निमन्त्रणा गरेका छौ,नेपाली संगीत बिदेशी माँझ पुग्नेमा हाम्रो बिश्वास छ,नेपाली समुदायलाई पनि सहभागिता जनाउँन अनुरोध गर्दछु।”

कार्यक्रमबारे बिस्तृत बिबरण तस्बिरबाट

12092641_1083985741623961_336746483_n