बार्सिलोनाले,एथ्लेटि मड्रिड र रियलले उल्सबर्ग प्रतिद्वन्द्वी पायो


च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले एथ्लेटिको मड्रिड प्रतिद्वन्द्वी पाएको छ । क्वार्टरफाइनलको ड्र शुक्रबार गरिएको थियो । जसमा बार्सिलोनाले घरेलु प्रतिद्वन्द्वी पाएको छ । रियल मड्रिडले जर्मन क्लब उल्सबर्ग र बार्यन म्युनिखले बेन्फिका प्रतिद्वन्द्वी पाएको छ ।

यस्तै अन्तिम आठमा पुगेको एक्लो इंग्लिस क्लब म्यानचेष्टर सिटीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्ने भएको छ ।क्वार्टरफाइनलको पहिलो लेग ५-६ अप्रिलमा हुनेछ भने दोस्रो लेग १२-१३ मा हुनेछ ।