एनआरएन बैदेशिक रोजगार कार्यदलले पूर्णता पायो,को -को परे ?


गैरआवासीय नेपाली संघ अन्तरगतको बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितिले आफ्नो कार्यदललाई पूर्णता दिएको छ। एनआरएनए पुर्ब सल्लाहकार धरम केसी (साउदी अरब) को संयोजकत्व तोकिएको कार्यदलले पूर्णता पाएको हो।

केसीको संयोकत्वमा गठित १५ सदस्यीय कार्यदलमा भगवति बस्नेत (इजरायल) ,सुनिल कार्की (अमेरिका) र सानुबावु सिलवाल (अमेरिका) सहसंयोजक रहेका छन ।

यस्तै कार्यदलका सदस्यहरूमा धर्मराज गिरी (कुवेत), डेनमार्कका सोम सापकोटा, मलेशियाका महेन्द्र जंग शाह, अष्ट्रेलियाकि दीपा राई, इराकका खेम पौडेल, बहराइनकी लक्ष्मी गिरी, युएईकि कल्पना राई, युकेका खुशी लिम्बु, ओमानका अजय यादव, कतारका करिम बक्स मिया र लेबनानकी सुशीला (उर्फ सुजना) राना रहेका छन्। समितिको सल्लाहकारमा रामेश्वर शाह, रूसका डा बद्री केसी र अष्ट्रेलियाका डा अनुपम पोख्रेल रहेका छन ।

साथै कार्यदलको १३ बुँदे कार्य योजना तयार पारेको छ ।

१) आफू रहेका मुलुकहरूमा नेपाली श्रमिकहरूको यथार्थ अवस्थाको सर्वेक्षण गर्ने, डाटावेस सहितको प्रतिवेदन तयार पार्ने

२) एनआरएनए र एशिया फाउण्डेशनको सहकार्यमा निर्माणाधीन बैदेशिक रोजगारको जानकारीमूलक मोबाइल एप्सको निर्माण, परिक्षणमा सघाउँदै थप उपयोगी बनाउन परिमार्जनका लागि पृष्टपोषण गर्ने

३) बैदेशिक रोजगार एन २०६४ मा संशोधनका लागि सुझाव पेश गर्ने

४) वैदेशिक रोजगारमा ब्याप्त ठगी, शोषण र बिचल्लीको रोकथाम र रोगथाम(उद्धार)का लागि स्थार्इ साधन र संयन्त्र निर्माणमा जोड दिने

५) बैदेशिक रोजगारलार्इ न्यायपूर्ण बनाउन स्वदेशमा र बिदेशमा पनि न्यायिक सुनुवार्इ तथा उपचारका लागि प्रभावकारी संयन्त्र बिकासमा जोड दिने

६) बैदेशिक रोजगारलार्इ स्वस्थ र पारदर्शी बनाउन सबै अबैध, अनियमित र अनैतिक कृयाक्लापहरूको अध्ययन, लेखाजोखा सहितको प्रतिवेदन तयार पारी त्यस्ता गलत प्रबृत्तिहरूको निराकरणका लागि लिखित सुझाव पेश गर्ने ।

७) बैदेशिक रोजगारका सबै प्रमुख गन्तब्य मुलुकहरूमा स्थापित एनसिसीहरूमा गठित (गठन नभएका भए गठनमा जोड दिने) लेबर टास्क फोर्स कमिटीहरूसंग सहकार्य गर्दै सम्वन्धित मुलुकहरूमा भैपरि आउने श्रमिक समस्या समाधानमा सघाउने ।

८) प्रबासी नेपाली श्रमिक हक, हित र उद्धारमा खटिने एनआरएनएका स्वयम सेवकहरूका लागि सरकारी परिचय पत्रको ब्यवस्थाका लागि पहल गर्ने ।

९) नेपाली महिला कामदारहरूको रोजगारमा बिशेषतः खाडी मुलुकहरूमा बिद्यमान असुरक्षा र जोखिम न्युनिकरण तथा निराकरण गर्न नेपाल सरकार र नेपाली दूतावासहरूसंग सहकार्य र समन्वय गर्ने, पुरूष तथा महिला कामदारहरूको अवैध ओसार पसार रोक्न तथा तस्करीलार्इ दण्डित गर्न नेपाल प्रहरीसंग सहकार्य गर्ने ।

१०) फ्रि भिषा फ्रि टिकटको कार्यान्वयनमा देखिएका ब्यवहारिक समस्याहरूको स्थलगत अध्ययन गरी सुझाव पेश गर्ने, केही दूतावासहरूद्वारा निर्धारित न्युनतम तलबमानलार्इ ब्यवहारिक बनाउन तथा म्यानपावर कम्पनीहरूबाट मागपत्र स्वीकृति प्रावधान तथा लिइने दस्तुरमा परिमार्जन गर्न प्रस्ताव पेश गर्ने ।

११) बैदेशिक रोजगार गर्ने कामदारहरूको उद्धारका लागि एनआरएनएकै “बेदेशिक रोजगार राहत कोष” टास्क फोर्ससंग र स्वदेश फिर्ती पछिको सुविधा, अवसर र उद्दमशिलताका लागि एनआरएनएकै “हजारे अभियान” साथै “उद्दमशिलता तथा उद्यम बिकास” जस्ता कार्यदलहरूसंग सहकार्य गर्ने ।

१२) बैदेशिक रोजगारबारे सचेतना अभिबृद्धी गर्न सबै सूचना सामाग्रीहरूलार्इ एनआरएनएकै मौजुदा वेभ साइटमा वैदेशिक रोजगारको पोर्टल या स्थार्इ स्तम्भ राख्ने या छुट्टै वेभ साइट सञ्चालन गर्ने ।

१३) बैदेशिक रोजगारका लागि नयां र राम्रा गन्तब्यहरू खोज्ने तथा बैदेशिक रोजगारमा कामदार पठाउने बैकल्पिक माध्यम, प्रकृया र संयन्त्रको प्रस्ताव तयार पारी नेपाल सरकारलार्इ सुझावका रूपमा पेश गर्ने

उपरोक्त उद्येश्यहरू हासिल गर्न कार्यदलले सिंगो एनआरएनए, प्रबासी नेपाली समुदाय, म्यानपावर ब्यवसायीहरू र नेपाल सरकारका जिम्मेवार निकायहरूको सहयोग र सहकार्यको अपेक्षा राख्दै अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया