पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास छिट्टै हुन्छ – प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास छिट्टै गरिने बताएका छन् । बुधबार पोखरामा पत्रकार महासंघ कास्कीको नवनिर्मित बहुउद्देश्यीय भवन उद्घाटन गर्दै उनले विमानस्थल बन्नेमा शंका नगर्न आग्रह गरे ।

‘मानिसहरु पोखरामा विमानस्थनल बन्छ कि बन्दैन भनेर अनेकथरी हल्ला चलाउँछन्,’ उनले भने, ‘सायद छिट्टै शिलान्यास गर्न म आउँछु ।’उनले १४ वर्षे जेलजीवनमा ३ वर्ष यहाँ बिताएको स्मरण गर्दै पोखरासँग आफनो भावना गाँसिएको बताए ।

‘तानाशाहीविरुद्ध मेरो संघर्षमा एउटा साक्षी हो पोखरा,’ विगत सम्झँदै उनले भने, ‘पोखराबाट जुन स्नेह पाए त्यो अविस्मरणीय छ । पोखराप्रति म ऋणी छु ।’दुई वर्षअघि पोखराको विषयमा गरेका प्रतिबद्धता अहिले पूरा भइरहेको उल्लेख गर्दै ओलीले ‘मोर्डन’ र ‘स्मार्ट’ पोखरा बनाउने आफ्नो उद्देश्य रहेको खुलाए ।

कार्यक्रममा बोल्दै ओलीले अब मुलुकमा दु्रत गतिमा विकास हुने दाबी गरे । ‘जादुगरले हात हल्लाएर रुमाल निकाले जस्तो होइन विकास,’ प्रधानमन्त्री ओलीले भने, ‘तर अबको विकास ढिलो गतिमा हुनेछैन, तीव्र रुपमा हुने छ ।

प्रधानमन्त्री ओलीले देशको सेवामा लागिपरेका पत्रकार र सञ्चारजगतको देश विकासमा ठुलो योगदान रहेको भन्दै प्रशंसा गरे । उनले अहोरात्र खटिने पत्रकारका लागि आफू र आफ्नो सरकार सहयोग गर्न हरदम तत्पर रहेको बताए ।

पत्रकार आफै बाँच्न पुग्ने गरी पारिश्रमिक नभएको अवस्थामा जग्गा प्राप्त गरेर भवन निर्माण गर्नु सजिलो कुरा नभएको उनको धारणा थियो । उनले पत्रकारको पेसागत सुरक्षा, संरक्षण र विकासको निम्ति सरकारको ध्यान गएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले अबको पत्रकारिता विकासको निमिक्त केन्द्रित हुन आवश्यक रहेको बताए । उनले राजनीतिक परिवर्तनको कोरा एजेन्डाभन्दा मुलुकलाई समृद्धिको बाटोमा लैजाने किसिमको अभ्यास पत्रकारितामा हुनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले भवन निर्माणमा ५ सय रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म सहयोग गर्ने ५ सयजनाभन्दा बढीको योगदान रहेको बताए ।

कार्यक्रमकै अवसरमा भवन निर्माणमा २५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने करिब १ सय ३० जनालाई प्रधानमन्त्रीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । पोखराको पार्दीस्थित इन्द्रपुरी टोलमा रहेको भवन निर्माणार्थ सहयोग गर्ने इन्जिनियर, विभिन्न संघसंस्था, स्थानीय टोल विकास संस्थालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास छिट्टै गरिने बताएका छन् । बुधबार पोखरामा पत्रकार महासंघ कास्कीको नवनिर्मित बहुउद्देश्यीय भवन उद्घाटन गर्दै उनले विमानस्थल बन्नेमा शंका नगर्न आग्रह गरे ।

‘मानिसहरु पोखरामा विमानस्थनल बन्छ कि बन्दैन भनेर अनेकथरी हल्ला चलाउँछन्,’ उनले भने, ‘सायद छिट्टै शिलान्यास गर्न म आउँछु ।’उनले १४ वर्षे जेलजीवनमा ३ वर्ष यहाँ बिताएको स्मरण गर्दै पोखरासँग आफनो भावना गाँसिएको बताए ।

‘तानाशाहीविरुद्ध मेरो संघर्षमा एउटा साक्षी हो पोखरा,’ विगत सम्झँदै उनले भने, ‘पोखराबाट जुन स्नेह पाए त्यो अविस्मरणीय छ । पोखराप्रति म ऋणी छु ।’दुई वर्षअघि पोखराको विषयमा गरेका प्रतिबद्धता अहिले पूरा भइरहेको उल्लेख गर्दै ओलीले ‘मोर्डन’ र ‘स्मार्ट’ पोखरा बनाउने आफ्नो उद्देश्य रहेको खुलाए ।

कार्यक्रममा बोल्दै ओलीले अब मुलुकमा दु्रत गतिमा विकास हुने दाबी गरे । ‘जादुगरले हात हल्लाएर रुमाल निकाले जस्तो होइन विकास,’ प्रधानमन्त्री ओलीले भने, ‘तर अबको विकास ढिलो गतिमा हुनेछैन, तीव्र रुपमा हुने छ ।

प्रधानमन्त्री ओलीले देशको सेवामा लागिपरेका पत्रकार र सञ्चारजगतको देश विकासमा ठुलो योगदान रहेको भन्दै प्रशंसा गरे । उनले अहोरात्र खटिने पत्रकारका लागि आफू र आफ्नो सरकार सहयोग गर्न हरदम तत्पर रहेको बताए ।

पत्रकार आफै बाँच्न पुग्ने गरी पारिश्रमिक नभएको अवस्थामा जग्गा प्राप्त गरेर भवन निर्माण गर्नु सजिलो कुरा नभएको उनको धारणा थियो । उनले पत्रकारको पेसागत सुरक्षा, संरक्षण र विकासको निम्ति सरकारको ध्यान गएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले अबको पत्रकारिता विकासको निमिक्त केन्द्रित हुन आवश्यक रहेको बताए । उनले राजनीतिक परिवर्तनको कोरा एजेन्डाभन्दा मुलुकलाई समृद्धिको बाटोमा लैजाने किसिमको अभ्यास पत्रकारितामा हुनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले भवन निर्माणमा ५ सय रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म सहयोग गर्ने ५ सयजनाभन्दा बढीको योगदान रहेको बताए ।

कार्यक्रमकै अवसरमा भवन निर्माणमा २५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने करिब १ सय ३० जनालाई प्रधानमन्त्रीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । पोखराको पार्दीस्थित इन्द्रपुरी टोलमा रहेको भवन निर्माणार्थ सहयोग गर्ने इन्जिनियर, विभिन्न संघसंस्था, स्थानीय टोल विकास संस्थालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो भन्दै समाधान न्युजले लेखेको छ।