नेपाली वेभले फागु बिशेष कार्यक्रम गर्दै


बार्सिलोना/ यूरोपबाट संचालित अनलाईन तथा छापा पत्रिका नेपाली वेभले फागु पुर्णिमाको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ। फागु पर्बको अवसर पारेर मिडियाले बार्सिलोनामा शुभकामाना आदानप्रदानको कार्यक्रम गर्न लागेको हो ।

प्रबासमा रहेका हामी नेपालीहरुले सबै किसिमका चाडबाडमा खुशी साटासाट गर्न कार्यक्रमको आयोजना गरेको बताउँदै मिडियाका युरोप संयोजक भोला लामिछानेले स्पेन स्थित संघ सँस्थाका प्रतिनिधि लगायत नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।

प्रवासमा पनि आफ्नो कला सस्कृति तथा चाड पर्बहरुको प्रचार प्रसार एवं जगेर्ना गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको मिडियाले जनाएको छ। कार्यक्रम आगामी मार्च २२ तारिख मंगलबार एनआरएनए स्पेनको कार्यलयमा हुने भएको छ।