देउवाद्वारा सात जना केन्द्रीय सदस्य मनोनित


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो चरणमा बुधबार ७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित उम्मेदवारद्धय अर्जुननरसिंह केसी र गगन थापा, कोषाध्यक्षमा पराजित उमाकान्त चौधरी र चित्रलेखा यादव तथा पार्टी नेता नरहरि आचार्यलाई मनोनित गरेका छन्।

पार्टीको हालै सम्पन्न १३औं अनुसार मनोनित गर्न पाउने २१ जना सदस्य संख्यामा पहिलो चरणमा आज ७ जनालाई मनोनित गरेका हुन् ।