एनआरएनए युरोपियन बैठकको तयारीका लागि आचार्य डेनमार्कमा


बार्सिलोना/ गैरआवासीय नेपाली संघको युरोपियन क्षेत्रीय बैठकको तयारी बारे छलफल गर्न यूरोप संयोजक कुल आचार्य डेनमार्क पुगेका छन्। आगामी जुनको अन्त्य तिर आयोजना गर्न लागिएको क्षेत्रीय बैठकको तयारीको लागि बेलायतबासी आचार्य डेनमार्क पुगेका हुन्।

गत बर्ष बिनाशकारी भूकम्प गए पछि डेनमार्क तय भईसकेको आठौ युरोपियन क्षेत्रीय बैठक तथा छैटौ महिला सम्मेलन स्थगित गरिएको थियो। राहत बितरण कार्यमा ब्यस्त बनेका एनआरएनहरुले टेली कन्फरेन्स मार्फत बैठक सम्पन्न गरेका थिए।

स्थगित भएको युरोपियन बैठक,डेनमार्कमा नै गर्ने निर्णय भए पछि, यसको तयारीका लागि युरोप संयोजक आर्चाय बुधबार कोपेनहेगन पुगेका हुन्। एनआरएनए डेनमार्कसँगको छलफल पछि युरोपियन बैठकको मिति तथा स्थानको औपचारिक रुपमा सार्बजनिक हुने अपेक्षा गरिएको छ।

युरोप संयोजक आचार्यलाई स्वागत गर्न एनआरएन आइसीसी सदस्य प्रवीन प्रजापति, युवा संयोजक लोकराज शर्मा, यमलाल सुवेदी, त्रिलोचान सापकोटा लगायत विमानस्थल पुगेका थिए ।

सन् २०१४ को जुनमा सातौ युरोपियन तथा पाँचौ महिला सम्मेलन भने बार्सिलोनामा सम्पन्न भएको थियो।