पत्रकार रानाभाट एनआरएनए सञ्चार कार्यदलमा


- बसन्त रानाभाट

बार्सिलोना/ नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाट गैरआवासीय नेपाली संघ (एनआरएन) ले गठन गरेको सञ्चार कार्यदल सदस्यमा चयन भएका छन्। प्रवक्ता रञ्जु वाग्ले थापाको अध्यक्षतामा गठित कार्यदलमा स्पेन निबासी रानाभाट, युरोप क्षेत्रबाट सदस्यको रुपमा चयन भएका हुन्।

बेलायतकी संगीता मरहठ्ठालाई कार्यदल सहअध्यक्ष तोकिएको छ । अक्टोबर २०१७ सम्म समयसीमा तोकिएको उक्त कार्यदलको अमेरिकामा संयोजक कृष्ण केसी, एसिया प्यासेफिकमा इन्द्र गुरुङ, मध्यपूर्व संयोजकमा रवि रोशी, ओसियना संयोजकमा सुजित सिग्देल रहेका छन् ।

कार्यदलको अन्य सदस्यहरुमा सन्ध्या शाह (ओसियना), नवराज विक (मध्यपूर्व), प्रतिज्ञा अधिकारी ( ओसियना ), बुद्धि सागर ( ओसियना ), सानु घिमिरे (ओसियना), नारायण पौडेल (गाउँले) (बेलायत), शिवराज पौडेल (अमेरिका), नवराज पोखरेल (यूरोप), कोपिला गौतम (एसिया प्यासेफिक), पूर्ण बहादुर श्रेष्ठ (मध्यपूर्व) र शरद गौतम (एसिया प्यासेफिक) रहेका छन् ।