क्रियटिभ नेप्लिज विईमन डेनमार्कको अध्यक्षमा डा. घले


बार्सिलोना / क्रियटिभ नेप्लिज विईमन डेनमार्कको तेस्रो अधिबेशनले डा. गरिमा घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। १०६ औ अन्तराष्ट्रिय महिला दिबसको अबसरमा डेनमार्कमा सम्पन्न अधिबेशनले डा. घलेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

सर्बसम्मत नयाँ निर्बाचित कार्यसमितिको उपाध्यक्षमा ईन्दिरा तिवारी,महासचिव मिना पौडेल, सचिव बिमला भट्ट राई र कोषाध्यक्षमा बनिता ढकाल चयन भएका छन्। यस्तै सदस्यहरुमा भावाना सिंह मल्ल,निर्मला सापकोटा कंडेल,रमा सापकोटा,सम्झना खत्री रहेका छन् भने बाँकी ४ सदस्यहरु पछि मनोनित गरिने भएको छ।

मार्च ८ तारिक अन्तराष्ट्रिय महिला दिबसको अबसरमा कोपेनहेगनमा सम्पन्न अधिबेशनमा महासचिव ईन्दिरा तिवारीले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष बनिता ढकालले आर्थिक प्रतिबेदन प्रस्तूत गरेकी थिईन्। कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले महिला दिबसको अबसरमा शुभकामाना ब्यक्त गरेका थिए।

1044343_469834233215838_8721067369351453369_n-2 1923467_469834203215841_6719533923443642563_n 10415677_469834199882508_4222733274202518710_n