बालबालिकाको सहयोगार्थ नर्बेमा नेपाली फिल्म प्रदर्शन हुने


लिना गुरुङ्ग/ ओस्लो,

नेपालको ग्रामीण श्रेत्रमा रहेका पिछडिएका बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउँनको निम्ति नर्वेमा नेपाली फिल्म प्रदर्शन हुने भएको छ । नर्वेमा बासोबास गर्दै आएका नेपालीहरुको सामाजिक संस्था हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेले उक्त प्रर्दशनी गर्न लागेका हुन् ।

बजारमा निकै चर्चा बटुलेको फिल्म ‘पशुपति प्रसाद’यही मार्च महिनाको २७ तारिकमा ओस्लोको विल्हेम व्यार्के भवनमा प्रर्दशन गर्ने भएको छ । सन् २०१३ मा स्थापित यस संस्थाले यस अघि पनि भुकम्प पिडितहरुलाई आर्थिक सहयोग गरेका थिए ।

नर्वेबासी नेपालीहरुले नेपालमा शिक्षाको स्तर सूधारन्मुख भएपनि विकट र ग्रामीण भेगमा रहेका विद्यार्थीहरु र विद्यालयहरुका आर्थिक अवस्था राम्रो नभएको कारण विभिन्न भौतिक तथा शैक्षिक सामग्रीको अभावमा स्तरीय पठनपाठन नभएकोमा चिन्ता व्यक्त गर्दै अर्थ संकलन गरी सहयोग गर्ने निर्णय गरेका हुन् ।

हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल नर्वेका अध्यक्ष गोरख चन्दले फिल्म प्रदर्शनीबाट संकलित सम्पूर्ण रकम बालबालिकाको शिक्षामा सहयोगार्थ नेपाल पठाईने बताए । चन्दले उक्त प्रर्दशनीबाट करिब तिन देखि चार लाख नेपाली रुपैया संकलन हुने विश्वास व्यक्त गरेका छन्।