विश्वमा सबैभन्दा खुसी राष्ट्रमा डेनमार्क,दोस्रोमा स्विजरल्याण्ड


काठमाडौँ,/ डेनमार्क विश्वमा सबैभन्दा खुसी राष्ट्रमा परेको छ। विश्व ह्याप्पिनेश रिपोर्टका अनुसार सबैभन्दा खुसी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा छ भने स्विजरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन्।

एक सय ५६ देशमा गरिएको अध्ययन तथा अनुसन्धानका आधारमा यो सूची बनाईएको हो। जसमा सन् २०१३ देखि अहिलेसम्म डेनमार्क पहिलो स्थानमा पर्दै आएको छ। अमेरिका भने यो सूचीको १३ औं स्थानमा छ।

यस्तै जापान ५३ औं, पाकिस्तान ९२ औं र नेपाल एक सय सातौं स्थानमा छ। भारत भने एक सय १८ औं स्थानमा छ। भारत भन्दा पाकिस्तान खुसी राष्ट्र भएको प्रतिवेदनले जनाएको छ। भारत अघिल्लो वर्षभन्दा एक स्थान तल झरेको छ । अघिल्लो वर्ष भारत ११७ औं स्थानमा थियो।

प्रतिवेदन संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सोल्यूसन्स नेटवर्कले प्रकाशित गरेको हो। विश्व खुशी दिवसको अवसर पारेर प्रतिवेदन सार्वजनिक गरिएको हो। आउँदो आइतबार विश्व खुसी दिवस मनाईंदै छ।