डेनमार्कमा युरोपस्तरीय फुटबल प्रतियोगिता हुँदै,


बार्सिलोना/ नेपाली समाज डेनमार्कको आयोजनामा युरोप स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। डेनमार्क ,बेल्जियम,जर्मनी,नेदरल्याण्ड,स्पेन लगायत विभिन्न यूरोपेली मुलुकहरुमा रहेका प्रतिभावान नेपाली खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुन लागेको हो।

आगामी जुन १७ देखि २१ तारिख सम्म डेनमार्कमा हुने प्रतियोगिताको बिजेतालाई नगद १ लाख ५० हजार रुपयाँ र उपविजेतालाई १ लाख रुपैयाँ सहित ट्रफी,मेडल र सम्मानपत्र रहेको प्रतियोगिताका संयोजक ईन्द्र सापकोटाले जानकारी दिए। टिम दर्ताको लागि करिब ३० हजार रुपैयाँ लाग्ने तर खाना र बस्ने ब्यबस्था समेत समाजले नै गर्ने आयोजकले जनाएको छ।

साथमा समाजले कलाकारहरु भरत सिटौला,कमल खत्री,मञ्जु पौडेलको साथमा  साँस्कृतिक साँझको समेत आयोजना गरेको जनाएको छ। कार्यक्रमलाई लाईका मोवाईल कम्पनीले सहयोग गर्ने भएको छ।

यस अघि पनि समाजले गायक सुगम पोखरेल,राजेश पायल राई, भरत सिटौला, रेश्मा सुनुवार लगायतका चर्चितकलाकारहरु बोलाएर छुट्टाछुट्टै साँस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।