स्विटजरल्याण्ड र पोर्चुगलमा पनि महिला दिबस मनाईयो


बार्सिलोना/ युरोपमा अन्तराष्ट्रिय महिला दिबसलाई बिभिन्न कार्यक्रम गरी मनाउँने क्रम जारी रहँदा,स्विटजरल्याण्ड र पोर्चुगलमा पनि बिबिध कायर्क्रमहरु सम्पन्न भएका छन्।

एनआरएनए स्विटजरल्याण्ड स्थित महिला फोरमले महिला सशक्तिकरणमा बिषयमा जोड दिदै,साँस्कृतिक कार्यक्रम सहित अन्तराष्ट्रिय महिला दिबस मनाएको छ। आईतबार सम्पन्न कार्यक्रममा विजया भट्टले, बिकट जिल्लाहरुका बिपन्न बर्गहरुका महिलाहरुको आङ खस्ने रोगले समस्याग्रस्त महिलाहरुलाई एनआरएनएले सहयोग गर्दै आएको बारे प्रष्ट पारिन् ।

यस्तै सम्झना थापाले महिला सशक्तिकरणमा बिषयमा बोलेकी थिईन्। कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुले लैंगिक समानता बिषयमा जोड दिएका थिए।

90d9d7_863c0e04a4254b1b9ab8badb08c83d11.jpgयसैबीच नेपाली नारी समाज पोर्तुगलले राजधानी लिस्बोनमा “महिलाको उन्नतिका लागी पुरुषको भूमिका “बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ। १०६ औ अन्तराष्ट्रिय महिला दिबसको अबसरमा शनिबार सम्पन्न कार्यक्रममा नेपाली अवैतनिक राजदुत मकर बहादुर हमाल , एनआरएन आइसीसी सदस्य रमेश कुमार गुरुङ,एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल महिला अधिकारकर्मी डा ज्योति तुलाधर लगायतले महिला हकहितका बिषयमा बोलेका थिए।

समाजकी अध्यक्ष सिता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव मनु मल्लले गरेकी थिईन्। यसअघि स्पेन,बेल्जियम,बेलायत,नेदरल्याण्ड लगायतका युरोपियन मुलुकहरुमा अन्तराष्ट्रिय महिला दिबस बिशेष बिबिध कार्यक्रम सम्पन्न भएका छन्।