खुल्ला २५ को नतिजा आयो, देउवाका १४, पौडेल तर्फका ११ विजयी


नेपाली कांग्रेसको खुलातर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । सोमबार सकिएको मत परिणाम अनुसार सभापति शेरबहादुर देउवातर्फका १४ जना विजयी भएका छन् भने रामचन्द्र पाैडेल तर्फका ११ जना विजयी भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फ डा. शेखर कोइरालाले सर्वाधिक मत ल्याएका छन् । कोइरालाले १ हजार ८४८ मत ल्याएका छन् । २५ तर्फ अधिकांश पुरानै अनुहार आएका छन् । युवा नेता प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र बद्री पाण्डे नयाँ अनुहारका रुपमा आएका छन् ।

Screen Shot 2016-03-14 at 09.19.02