बेलायती पर्यटकलाई नेपाल भ्रमणको बाटो खुल्यो,चेतावनी खारेज


काठमाडौं ।बेलायतको परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकका लागि नेपाल भ्रमण गर्ने सम्बन्धमा जारी गरेको चेतावनी खारेज गरे पछि बेलायती पर्यटकहरु नेपाल भित्रने सम्भावना बढेको छ।

महाबिनाशकारी भूकम्प र मधेस अन्दोलन साथै भारतले लगाएको नाकाबन्दीपछिको अवस्था सामान्यतर्फ उन्मुख रहेकाले भ्रमणसम्बन्धि चेतावनी खारेज गरे पछि पर्यटक बढ्ने सम्भावना बढेको हो।

राजकुमार हृयारीको चैत दोस्रो साता नेपाल भ्रमणको तयारी भइरहेका बेला बिदेश मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै अवस्था सामान्यतर्फ उन्मुख रहेकाले भ्रमणसम्बन्धि चेतावनी खारेज गरेको जनाएको हो ।

तर बेलायतको बिदेश मन्त्रालयले आफ्ना नागरिकलाई मनासलु पदयात्रा र लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमणमा जाँदा भने अझै सावधान रहन आग्रह गरेको छ ।