स्पेनबाट स्याङ्जाका दुई बिद्यालयहरुलाई सहयोग


बार्सिलोना/ स्पेनबाट स्याङ्जा जिल्लामा अबस्थित दुई बिद्यालयहरुमा अध्ययनरत गरिब बिद्यार्थीहरुको सहयोगार्थ, अक्षयकोषको स्थापना गरिएको छ। स्याङ्जा सहयोग समाज स्पेनले भाटखोला गाबिस स्थित जनप्रिय उच्च माध्यमिक बिद्यालय र जनमुखी प्राथमिक बिद्यालयमा अक्षयकोषको स्थापना गरेको हो।

समाजका उपाध्यक्ष हेमन्त रानाभाटले उच्च माबिका प्रधानध्यापक रामप्रसाद पौडेल र ब्यबस्थापन समितिका अध्यक्ष परशुराम रानाभाटलाई संयुक्त रुपमा अक्षयकोष स्थापनार्थ , ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। रकम हस्तान्तरण गर्दै उपाध्यक्ष रानाभाटले यसमा स्याङ्जा घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुको स्नेह र माया रहेको बताउँदै आगामी दिनमा पनि जिल्लाको शैक्षिक बिकासका लागि सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे।

12822002_10153394151776821_1627140577_nकार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका महासचिव खेम काफ्ले,सचिव बाबुराम पौडेल लगायतको उपस्थिति रहेको थियो। यस्तै समाजले सोही गाबिसमा रहेको जनमुखी प्राथमिक बिद्यालयको रजत जयन्तीको अबसरमा पाँच हजार रुपैयाँ र अक्षय कोष स्थापनाका लागि पनि थप पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

रजन जयन्ती समारोहमा सांसद तथा प्रा. ड़ा. गणेशमान गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी थिए। बिद्यालयहरुले सहयोग प्राप्त भए पछि स्याङ्जा सहयोग समाज स्पेनलाई सम्मानपत्र प्रदान गरेका छन्।

यस अघि पनि सहयोग समाजले स्याङ्जा बजार स्थित वालमन्दिरका विद्यार्थीहरुका लागि पोशाक तथा स्टेशनरी सामाग्रीहरु बितरण गरेको थियो।

12476414_10153394153481821_1347568656_n