अफ्रिकी मुलुक नाइजेरिया जादै गायिका कोमल ओली


लेगोस, नाइजेरिया । गैर आवासिय नेपाली संघ नाइजेरियाको आयोजनामा नाइजेरियाको लेगोसमा आगामी मार्च २७ मा हुने नेपाली सांगीतिक कार्यक्रमको लागि नेपालकी चर्चित गायिका कोमल ओलीले धमाकाधार प्रस्तुति गर्ने भएकी छिन् ।

उक्त कार्यक्रममा कोमल ओलीको साथमा स्थानीय कलाकारहरुले सो कार्यक्रममा आफ्ना गीत तथा नृत्यहरु प्रस्तुत गरिने भएको जानकारी संयोजक तथा एनआरएनए नाइजेरियाका अध्यक्ष दिपक कर्णले बताए ।

नाइजेरियास्थित गैरआवासिय नेपालीहरुले उत्सुकता साथ प्रतिक्षा गरिरहेको संघका अन्तराष्ट्रिय समितीका सदस्य चिरन्जिबी रोकाले बताए ।

नेपाली चर्चित कलाकारको प्रस्तुति रहने यो कार्यक्रम अफ्रिका महादेशमै पहिलो भएकाले संघका अन्य शाखाहरुलाई पनि भबिष्यमा नेपाली संगीत, कला र साहित्य सम्बन्धि कार्यक्रम गर्ने यसले प्रेरणा मिल्ने संघका अन्तराष्ट्रिय समिति कोषाध्यक्ष हिक्मत थापाले विश्वास लिएका छन् ।