महासंघका केन्द्रिय अध्यक्ष बिष्ट सहित पत्रकारहरु बेलायतमा सम्मानित


लन्डन । एनआरएनए यूके ले नेपाल पत्रकार महासंघका केन्द्रिय पदाधिकारीहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । बुधबार सांझ बेलायतममा आयोजित कार्यक्रममा संघका अध्यक्ष मुछेत्र गुरुङले नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता बिन्दु, महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतम, सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल तथा नेपाल पत्रकार महासंघ बेलायतका नवनिर्वाचित अध्यक्ष नरेश 
खपांगीमगरलाई खादाले सम्मान गरेका हुन् ।

उनले बेलायत शाखाका नवनिर्वाचित अन्य पदाधिकारीलाई समेत बधाई एवं शुभकामना दिए । मन्तव्यका क्रममा महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले नेपालको समृद्धिका लागि एनआरएनहरुको ठूलो भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रमका सभापति संघका अध्यक्ष मुछेत्र गुरुङले पत्रकारिता राज्यको चौंथो अंग भएको चर्चा गर्दै एनआरएन अभियानमा पत्रकारहरुले उल्लेख्य योगदान गरेको स्मरण गरे ।

12837456_10205853613848363_1862748770_o1-1024x424एनआरएनए यूके सचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु, पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष ध्रुवराज अर्याल, एनआरएनए यूकेकी महिला उपाध्यक्ष शान्ति थापा कुंवर लगायतले मन्तव्य दिएका थिए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, पूर्वअध्यक्ष नविन पोखरेल, उपाध्यक्ष ध्रुवराज अर्याल, महासचिव लिलामान शेरपुन्जा, सचिव शिव भण्डारी, कोषाध्यक्ष पूर्ण गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा तथा एनआरएनए यूके पदाधिकारीहरु प्रवक्ता खुशी लिम्बु, युवा संयोजक हरि आचार्य, एनआरएनए आइसीसी सदस्य विश्वासदीप तिगेला, पूर्व अध्यक्ष सूर्य गुरुङ, सल्लाहकार श्री लिम्बु, रमेश सराङकोटी लगायत सहभागी थिए ।