नेपाली भूमितर्फ चिनले जोड्यो सीसी क्यामेरा


काठमाडौं । सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाएको हो । चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको आजको अन्नपूर्णमा समाचार छ ।

केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा दुई दिनमात्र खुला गर्ने गरिएको छ । चीन प्रशासनले नेपाली सुरक्षाकर्मीलाई देन्दाङ नगरमा निमन्त्राणा गरी सीमा सुरक्षाबारे सचेत बन्न आग्रह समेत गरेको छ ।
दुई महिनाअघि दन्दाङमा सीमा सुरक्षाचौकी किमाथांकाका सुरक्षा टोलीलाई निमन्त्रण गरी नेपालीलाई चीन प्रवेश गराउँदा अनिवार्य प्रहरीबाट पास उपलब्ध गराउन चीन प्रशासनले अनुरोध गरेको थियो । अहिले प्रहरीको पास नलिएका स्थानीय बासिन्दालाई चीन प्रवेश गर्न रोक लगाइएको छ । ।