सन्दर्भ,अन्तराष्ट्रिय महिला दिबस:- हिम्मत जुटाऔ दिदीबहिनी


– सुमी घिमिरे सापकोटा
जननी भन्ने शब्द पढ्न लेख्न र सुन्न पाउँदा मेरो छाती गर्बले फुलेर आउँछ। हामी नारीहरुले समाजमा जननी/जगत जननी/ माता/आमा जस्ता शब्दले सम्मान पाएका छौ। त्यसैले मातृत्व, हाम्रो प्राकृतिक अधिकार अनि बरदान माथी हामीले गर्व गर्नु पर्छ।

मानव उत्पत्ती र बिकास क्रम सँगै हामी नारी जातिको समाजमा स्थान र भुमिका अग्र रहदै आएको स्पष्ट छ। आदिम समाज मातृसत्तात्मक थियो भन्ने कुरा हाम्रो इतिहास ले प्रमाणित गरेको छ। प्राकृतिक रुपले हामी नारिजातिले सृष्टि र सम्भारको दायित्व बहन गर्दै आएका छौ। परिणामत आज बिश्वले २१ औ शताब्दीको पुर्वार्धमा उन्नती र प्रगतीका साथ लम्की रहेको छ। समाज बिकासक्रमले फड्को मारी सकेको छ।

आज सामाजिक बिकास भौतिक बिकास समग्र मानबिय बिकासमा नारीजातिको सहभागिता अपरिहार्य मानिएको छ। बिडम्बना हामी नेपाली नारीहरु अझै महिला मुक्त्ती,समानता र अधिकार का नारा बोकेर हिडिरहन बाध्य छौ। चुलो र चौको बाट बाहिर निक्लन सकेका छैनौ।

रखेल, बादी, कुमारी, दासी को जिन्दगी ज्युन बाध्य छौ। झुमा, देउकी, छाउपडी जस्ता कुप्रथा प्रतीदिन बढ्दो छ। बलात्कार घरायसी हिंसा लैङिक विभेद का सिकार भै रहेका छौ। हुन त नेपाली समाजले बिस्तारै काचुली फेर्दै छ। मुलुकले भौतिक बिकासमा फड्को मार्न नसके पनि समाज बिकास मा फड्को अबश्य मारेको छ।

मुलुक विभिन्न कालखन्डमा अन्याय अत्याचार असमानता र दमनको बिरोध्मा ऎतिहासिक युद्ध लड्दै सामन्ती अधिनायकत्व लाई पाखा लगाउदै संघीयता र लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरिसकेको छ।आज जनताले आफ्नो संबिधान आफै लेखिसकेका छन्। जसमा नारी हकहित र अधिकारको सुनिश्चित गारिएको जनाइएको छ। यो बिगतका संबिधान एेन कानुनमा पनि उल्लेख्य नगरिएको होइन।

तर त्यसलाई हामी कार्यान्वयन गर्न गराउन सकेनौ। अबत समाजको आबस्यकता अनि संबिधान र ऐन कानुनले ग्यारेन्टी गर्दागर्दै पनि हामी नेपाली नारीहरु पिछडिनु को बिवशता के हो? आज हामी त्यसको उपायको खोजी गर्न लाग्नु अति आबस्यक छ।

बर्तमान परिवेशमा आम नेपाली नारीहरु आफ्ना हक अधिकारका निमित्त कुनै भिमकाय युद्ध लडिरहनु पर्ने आबस्यकता छैन। सामाजिक आबस्यकताले नारीहरुको स्थान र सम्मानको सुनिश्चित गरि सकेको छ। अबको आबस्यकता भनेको आफ्नो स्थान र सम्मानको रक्षा गर्नु हो। जस्को लागि यौटै मुख्य उपाय छ समाजमा निहित सामाजिक समस्याहरुको जड पत्ता लगाउनु तिनको सामना गर्नु र पाखा लगाउनु।

सजिलो छ आज नेपाली समाजका समस्याहरु भनेका शिक्षा को कमि गरिबी बेरोजगारि मुख्य हुन। जस्ले गर्दा समाजमा कुबिचार कुकर्म र कुसंस्कार ले स्थान ओगटेको छ। जस्को सिकार हामी नारी जाती हुनु परेको छ। आज नेपाली नारिहरुको युद्ध र आन्दोलन त्यसका विरुद्ध केन्द्रित हुन आबस्यक छ।

यस्ता सामाजिक समस्याको अन्त्यले नै हामी नारीहरुको हक अधिकार सम्मान र स्थानको सुनिश्चित गराउँदछ।त्यसैले सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका आमा दिदिबहिनी आउनुहोस देशमा रहेको गरिबी अशिक्षा बेरोजगार अन्धबिश्वास अन्याय अत्याचार लुट भ्रष्टाचार जस्ता सामाजिक समस्याका विरुद्ध आ-आफ्नो ठाउँ बाट लडौ।

तब यो देसको बिकास हुनेछ समाजको बिकास हुनेछ र हामी बिकसित देशका सम्मानित नारी हुनेछौ। हरेक नारीले हामी नारी हुनुको गौरब महसुस गर्ने छौ ।हामीले हाम्रो मातृत्वको गौरब गर्न सक्ने छौ। साथै रास्ट्र निर्माण गर्ने दायित्वको दायित्वबोध गर्न सक्ने छौ।

यसैका लागि म सम्पुर्ण देश बिदेशमा रहनु हुने आमा दिदिबहिनीहरुमा अन्तर्राष्ट्रिय महिला दिवसको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

सापकोटा, नेपाल लोक दोहोरी प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष हुन्।