अन्यायको विरुद्धमा जुट्नु पर्छ नारी आँफै


– मान बहादुर के.सी. ( मुस्कान देउडाप्रेमी )

गाउ अनि बस्तीबाट उठ्नु पर्छ नारी आँफै
अन्यायको विरुद्धमा जुट्नु पर्छ नारी आँफै

कति बस्छौ चुप्प लागि अस्मिता लुटाएर?
धैर्यताको बाध अब टुट्नु पर्छ नारी आँफै

चुलोचौको मेलापात लेकबेसीमै सिमित किन्?
खोसिएको अधिकार लुट्नु पर्छ नारी आँफै

तेजाब् हानी जलाउने नालायक कुपुत्र लाई
छोड्नु हुन्न मरुन्जेल चुट्नु पर्छ नारी आँफै

सधैंभरि बाध्यताको दासी बनि बाच्नु भन्दा
आक्रोशको बम बनि फुट्नु पर्छ नारी आँफै
मंगल्सैन ४ अछाम हाल-फुजैराह यूएई