सभापतिमा निर्बाचित भए पछि देउवाले भने,” यो कांग्रेस र देशको जित हो।’


कांग्रेस सभापतिका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनमा बरिष्ठ नेता शेरवहादुर देउवा बिजयी भए पछि,कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जीत भएको प्रतिक्रिया दिएका छन्।मध्यरात सम्मको मतगणना अनुसार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पछि पार्दै बिजयी बने पछि देउवाले यस्तो बताएका हुन्।

आफू निर्वाचित भएपछि देउवाले भने “यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो।’ दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् ।

सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो ।