कास्की आदर्श समाज पोर्चुगलको पहिलो अधिबेशन सम्पन्न


-भेषराज आचार्य  लिस्बन/ पोर्चुगलमा रहेका कस्केलीहरुको साझा संस्था कास्की आदर्श समाजको पहिलो अधिबेशन शनिबार लिस्बनमा सम्पन्न भएको छ। अधिबेशनले तदर्थ समितिका अध्यक्ष नविन गिरी अध्यक्ष रहने गरि नयाँ कार्य समिति सर्बसम्मत चयन गरेको छ।

नब निर्वाचित कार्य समितिमा उपाध्यक्षहरु कृष्ण गिरी समिक्षा सापकोटा, श्री गुरुङ र महासचिब बेल गुरुङ रहेका छन्। त्यसैगरी सचिब त्रयमा उपेन्द्र पौडेल, शान्ति पौडेल अधिकारी र तोरण सुबेदी चयन भएका छन् भने कोषाध्क्षमा रेमश आचार्य छन्।

त्यस्तै सदस्यहरुमा रिगेंद्र गिरी, दिपेश सुबेदी, दिपा हमाल, रविन परियार, सुदर्शन केसी, शिबप्रसाद अधिकारी, बिक्रम जमरकट्टेल, अर्जुन पौडेल, प्रबिना गुरुङ र बिक्रम गुरुङ चयन भएका छन्।

अधिबेशनको पोर्चुगलका लागि नेपालका अवैतनिक महाबाणिज्य दुत मकरबहादुर हमालले उद्घाटन गरेका थिए। अधिबेशनको बन्द सत्रबाट सस्थाको यस अघिको कास्की सेवा समाज पोर्तुगल भन्ने नामलाई परिवर्तन गरि कास्की आदर्श सेवा समाज पोर्चुगल राख्ने निर्णय गरेको छ।

10002602_1139503772760879_1050354801_nतदर्थ समितिका अधक्ष नबिन गिरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदसदस्य रमेशकुमार गुरुङ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलका उपाध्यक्ष राजन थकाली, प्रबासी नेपाली मञ्चका गोबिन्द पौडेल, नेपाली जनसम्पर्क समितिका तिलक गैरे, जनप्रगतिशील मञ्चका डिलाराम चापागाई, तामाङ् सेवा समाजका सोनाम लामा, पर्बत समाजका हेमराज सुबेदी,नेपाली एकता समाजका अर्जुन सुनार लगायतका वक्ताहरुले शुभकामना ब्यक्त गरेका थिए।

समाजका महासचिब यज्ञ तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रामहरी घिमिरे सुभाषले स्वागत मन्तब्य राखेका थिए। यसै बिच कार्यक्रममा पोर्चुगलमा रही बिभिन्न किसीमले सामाजिक सेवामा क्रियाशील व्यक्तित्वहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।

12834619_1139504782760778_608646800_n