पत्रकार महासंघ यूकेको तेस्रो अधिवेसन सम्पन्न(फोटोफिचर सहित)


लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्ष नरेश खपाङ्गी निर्विरोध भएका छन् । शाखाको आइतवार लन्डनमा सम्पन्न तेस्रो अधिवेशनले खपाङगीलाई निर्विरोध नयाँ नेतृत्व सुम्पिएको हो । शाखाको वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र उपाध्यक्षमा धु्रवराज अर्याल र महासचिवमा लीलामान शेरपूर्जा निर्वाचित भए ।

यस्तै सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्षमा रोशन राई निर्विरोध भए । सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परष्कृत र नृपेश उपे्रती सर्वसम्मत भएका छन् । शाखाको ८ सदस्य कार्यसमितिमध्ये चारजना मात्र सदस्य चयन भए ।

अधिवेशनको नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले उद्घाटन गरेका थिए । अधिवेशनले शाखाको आर्थिक तथा बार्षिक प्रतिवेदनलाई पारित गरेको छ । कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तब्य दिए ।

12803162_1252641541416218_5286701136227613360_n अधिवेशनमा बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, वरिष्ठ समाजसेजी चिरञ्जीवी ढकाल, एनआरएन आइसीसी सदस्य संगिता मरहट्टा, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगर, विश्वदीप तिगेला, कोषाध्यक्ष सूर्यमणि गौतम, पूर्व केन्द्रीय सदस्य एवं सञ्चारमन्त्री शेरधन राईका पे्रस सल्लाहकार मातृका पौडेल, सुरेन्द्र श्रेष्ठ गायतले शुभकामना मन्तव्य राखेका थिए ।

शखाको निवर्तमान अध्यक्ष चिरन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चार मन्त्री शेरधन राई र एनआरएन यूरोप संयोजक कुल आचार्यले पठाएको शुभकामना मन्तब्य पढेर सुनाइएको थियो ।

12321660_1252647561415616_2485685769474015120_n-212795287_1252644898082549_2281893231248483487_n12801378_1252642461416126_49317012498592463_n