सगुन भट्टले स्विटजरल्याण्ड गरिन् “नाट्यश्वर रंग प्रवेश” बिशेष कार्यक्रम


स्विटजरल्याण्ड। स्विटजरल्याण्ड निबासी नेपाली कलाकार सगुन भट्टले “नाट्यश्वर रंग प्रवेश” शिर्षक दिईएको कार्यक्रममा एकल नृत्य प्रस्तुत गरेकी छन्। नेपाली तथा स्विस समुदायको उपस्थितिमा भट्टले, बाडेनमा नृत्य प्रस्तुत गरेकी हुन्। १० बर्षको कडा नृत्य तालिम पश्चात भट्टले भरतनाट्यममा डिप्लोमा हासिल गरेको अवसरमा “नाट्यश्वर रंग प्रवेश” कार्यक्रमको आयोजना गरिएको हो।

नेपाली चेली भट्टका क्लासिकल नृत्यहरुले सहभागीहरुलाई मन्त्रमुग्ध बने। उनले भाव, संवेदनाका र कलाका संमिश्रण सँगै नृत्यहरु गर्दा धेरैको मन लोभिएको हो। पाँच कक्षामा पढ्दा पढ्दै नृत्य तर्फ चासो राख्दै कलाकार भट्टलाई क्लासिकल नृत्यमा लगाब बढे पछि नाट्यश्वर नृत्य सिक्न सुरु गरेकी थिईन्। उनलाई पुर्विय कला र संस्कृतिमा पनि गहिरो रुची रहेको छ।

स्बिजरल्याण्डमा नै नर्सिङमा शिक्षा हासिल गर्दै गरेकी भट्टले,एमपिएको तालिम लिए पश्चात केहि बर्ष फेमिली डाक्टरको प्राईभेट प्राक्टिसमा पनि काम गरिन्। बिनाशकारी भुकम्प जाँदा आफ्नै सक्रियतामा १० हजार ५ सय २ स्विस फ्रयाङकस् संकलन गर्दै कलाकार भट्टले स्विस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानलाई हस्तान्तरण गरेकी थिईन् ।