इमान-वचनमा अडेको कांग्रेस हेर्न चाहन्छु-प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि आफूले सबल कांग्रेस हेर्न चाहेको बताएका छन् । ‘म महाधिवेशनपछि सबल कांग्रेस, पत्यारिलो कांग्रेस, इमान–वचनमा अडेको कांग्रेस हेर्न चाहन्छु,’ १३ औं महाधिवेशन उदघाटन समारोहमा शुभकामना दिंदै प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले कांग्रेस महाधिवेशन कर्मकाण्ड र संवैधानिक कार्यकोरुपमामात्रै सीमित नबनाउन सुझाव दिए । लोकतन्त्र ल्याउन र रक्षाका लागि कांग्रेससँग आफूले सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नीतिगत, व्यक्तिगत र नेतृत्वगत हिसाबले पुन: तयार रहेको बताए

तपाईको प्रतिक्रिया