चुनौतिको सामना अरु कसैले गर्न सक्दैन, कांग्रेसले गर्न सक्छ:-देउवा


काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सभापति पदका उमेद्वार शेरबहादुर देउवाले नेपाली कांग्रेसले सबै दललाई समेटेर अघि बढ्नु पर्ने बताएका छन्। भूकम्प लगत्तै भोग्नुपरेको नाकाबन्दीले धेरै समस्या र चुनौति थपिएको चर्चा गर्दै देउवाले त्यसको समाधान कांग्रेसको नेतृत्वले मात्रै गर्नसक्ने बताए ।

१३ औं महाधिवेशनको उदघाटन समारोहमा संक्षिप्त मन्तव्य राख्दै उनले भने, ‘यो चुनौतिको सामना अरु कसैले गर्न सक्दैन, हाम्रो पार्टीले गर्न सक्छ । त्यो क्षमता हाम्रो नेतृत्वमा छ ।’ उनले भने, ‘बीपीको सपनाअनुसार संविधान सभाबाट हामीले संविधान ल्याएका छौं। त्यसको कार्यन्वयन पनि अर्को ठूलो चुनौतिपूर्ण छ।’

यो संविधानमा व्यवस्था भएका कुनै पनि अधिकार कसैले नखोस्न सबै दल मिलाएर लान सकेमात्रै पार्टी सफल हुने उनको धारणा छ।

‘मधेसमा समस्याहरु उत्पन्न भएका छन्। सिमाकन लागयत सबै समस्या समाधान गर्नु छ। भारतसँग नाकाबन्दीको कारण सम्बन्धमा चिसो बढेको छ। हाम्रा लागि अझै पनि देशमा राज्यका अंगमा समावेशी समानुपातिक प्रतिनिधित्व हुन सकेको छैन। दलित, महिला, आदिवासी मधेसी सबैलाई समावेशी आधारमा राज्यका अंगमा स्थान दिनु छ।’
उनले भने,