प्रचण्डको खुलामञ्चबाट भारतलाई प्रश्न, के गल्ती गर्‍यौं र नाकाबन्दी गरेको ?


काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलाई सम्बोधन गर्दै खुल्लामञ्चबाटै प्रश्न गरेका छन्- हामीले के गल्ती गरेका थियौं र नेपालमाथि नाकाबन्दी गरेको ?
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा एउटै मञ्चमा रहेका भारतको सत्तारुढ  नेता  कुसीयारीलाई सम्बोधन गर्दै उनले प्रश्न गरे, ‘नाकाबन्दी ब्यहोर्नुपर्ने गरी हामीले के गल्ती गर्‍यौं?’

प्रचण्डले अब इतिहासमा यस्तो घटना नहोस् भन्दा कोसियारीले ध्यानपूर्वक सुनेका थिए । बेलाबेलामा उनले नमस्कार शैलीमा हात उठाएका थिए ।

नेपाल र भारतवीचको सम्बन्ध कोशियारीले भनेजस्तै अन्योन्याश्रित भए पनि नाकाबन्दीजस्ता घटनाले गर्दा नेपालीको भावनामा चोट पुगेको प्रचण्डले भारतीय नेताहरुलाई बताए ।

आफू र गिरिजाप्रसाद कोइरालाको प्रयासबाट मुलुकमा अहिलेको परिवर्तन सम्भव भएको बताउँदै प्रचण्डले अब नेपाली कांग्रेसले कस्तो नीति अलवम्बन गर्छ भन्ने आफूले चासोका साथ हेरिरहेको प्रचण्डले बताए ।