गगन थापा द्वारा महामन्त्रीमा उमेद्वारी घोषणा


काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। आसन्न महाधिबेशनमा थापाले कृष्णप्रसाद सिटौलाको प्यानलबाट औचारिक रुपमा नै उम्मेद्वारी घोषणा गरेका हुन्।

थापाले अब देउवा पक्षबाट उमेद्वारी घोषणा गर्न लागेका आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गर्ने छन्। यता संस्थापन पक्षबाट नै  शशांक कोइराला महामन्त्रीमा उठ्ने चर्चा छ । यो सँगै महामन्त्रीका लागि कोईराला,केसी र थापा बीच चुनाबी प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।

यस्तै पार्टी सभापतिका लागि कृष्णप्रसाद सिटौलाले उमेद्वारी घोषणा गरेका छन्। उनको टिमको कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम सार्वजनिक भएको छ ।काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसबाट सिटौलाले आफ्नो टीम घोषणा गरेका हुन् ।

संस्थापन समूह भित्रै रहँदै आएका सिटौलाको छुट्टै प्यानल घोषणाले संस्थापन पक्षबाट अब दुई प्यानल हुने निश्चित भएको छ । सिटौला आफूले आफ्नो नेतृत्वको समूहलाई संस्थापनको आधिकारिक भनेका छन् ।

बत्तिसपुतलीस्गिथ अनुपम फुड ल्यान्डमा भएको सिटौला प्यानलको घोषणा सभामा कांग्रेसका नेताहरु भिमसेनदास प्रधान, सांसद उषा गुरुङ, सुधिर शिवाकोटी, नेताहरु शिव हुमागाई, तारानाथ दाहाल, केवलबहादुर लामा र मृदुला कोइरालाको उपस्थिति रहेको छ ।12321588_10156493486480005_4318724552561940956_n-700x525यसअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार नै मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

त्यस्तै संस्थापन पक्षबाटै रामचन्द्र पौडेलले पनि आजै साँझ पार्टी केन्द्रीय कार्यालय सानेपाबाट उम्मेद्वारी घोषणा गर्दैछन् । कोइराला, सिटौला र पौडेलसमेत संस्थापन पक्षबाट तीनजना सभापतिका दाबेदार देखएकिा छन्।

10391841_10156493485935005_8579087726084183458_n-700x525

तपाईको प्रतिक्रिया