देउवा पक्षको टुंगो लाग्यो,महामन्त्रीमा केसी र कोषाध्यक्षमा चित्रलेखा


नेपाली कांग्रेसको सभापतिका दावेदार वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानलका दुई पदाधिकारी उम्मेदवारको टुंगो लगाएका छन् । उनले आफ्नो टीमको औपचारिक घोषणा भने बिहिबार मात्र गर्नेछन् ।

देउवाको टिमबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार हुने पक्का भएको छ । कोषध्यक्षमा भने देउवा पक्षले चित्रलेखा यादवलाई नै दोहोर्‍याउने भएको छ । १२औं महाधिवेशनमा देउवा समूहको सभापति र महामन्त्री पराजित हुँदा पनि कोषाध्यक्ष यादव विजयी भएकी थिइन् ।

स्रोतका अनुसार बालकृष्ण खाँडलाई मनोनित सहमहामन्त्रीको आश्वासन दिइएको छ । देउवाले पूर्णबहादुर खड्कालाई आफू सभापति भएमा उपसभापति मनोनित गर्ने आश्वासन दिएका छन् । अघिल्लो पटक महामन्त्री उठेका विमलेन्द्र निधिलाई यसपटक मनोनित महामन्त्रीको अफर गरिएको छ र उनी सहमत भएका छन् ।