जर्मनीबाट थापा भन्छन्, “संबिधानलाई सम्मान गर्दै महासमिति सदस्य अविस्कार गरे”


बार्सिलोना/ नेपालको संबिधानमा विदेशी नागरिकता धारणा गरेका नेपाली मूलका गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार नभएको भन्दै,त्यसको सम्मान स्वरूप जर्मनीका पुष्प थापाले काँगेस महासमिति सदस्य अस्विकार गरेका छन्।

नेपाली कांग्रेसको १३ औ महाधिबेसनको लागी नेपाली जनसम्पर्क समिति जर्मनीले थापालाई महासमिति सदस्यमा चयन गरेको भए पनि थापाले, संबिधानमा नै उल्लेख नभएको भन्दै पद अस्विकार गरेका बताएका छन्।

थापाले भने,” नेपाली मूलका गैर आवासीय नेपालीहरुलाई संबिधानमा सामाजिक,आर्थिक र सांस्कृतिक अधिकार मात्र प्रदान गरेकोले कांग्रेसको १३ औ महाधिबेसनमा सहभागी हुने, तिब्र चाहना हुदाहुदै पनि नेपालको संविधानलाई सम्मान गर्दै सहभागी हुन सकिन।नेपाली जनसम्पर्क समिति जर्मानिले चयन गरेको महासमिति सदस्यलाई अस्विकार गर्दै, अन्य साथीहरुलाई मार्ग प्रशस्त गरेको हुँ।”

तर थापाले गैर आवासिय नेपालीहरुले उठाउदै आएको माग ” एक पटकको नेपाली सधैको नेपाली ” र नेपाली नागरिकताको निरन्तरताको बिषयमा महाधिबेसनमा राम्रो सँग छलफल गरी गैर आवासीय नेपालीहरुको माग पुरा गर्न जोडदार माग गरेका छन्।

थापा नेपाली जनसम्पर्क समितिको विदेश सल्लाहकार तथा जर्मनीका बिधान संयोजक पनि हुन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका पुर्ब अध्यक्ष समेत रहेका थापा हालका आईसीसी सल्लाहकार रहेका छन्। काँग्रेसको १२ औ महाधिबेशनमा थापा महाधिबेशन प्रतिनिधिको रुपमा जर्मनीबाट सहभागी बनेका थिए।