नेपाल प्रर्यटकलाई प्रमुख गन्तब्य रहेको स्वीटजरल्याण्डबाट सन्देश


स्वीटजरल्याण्ड/ नेपाल अझै पनि प्रर्यटकहरुको लागि प्रमुख गन्तब्य स्थल रहेको सन्देश सहित स्विटजरल्याण्डमा स्नो फन कार्यक्रम सम्पन्न भएको छ।स्वीटजरल्याण्ड बासी नेपालीहरु आंग तेन्जिंग शेर्पा र कमल भट्टको प्रयासमा कान्तोन ओववाल्देन स्थित मेल्से फ्रुटमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपालीहरु ,नेपाली झन्डा र ब्यानर लिएर सहभागी भएका थिए। बिनाशकारी भूकम्प पछि पनि नेपाल पयर्टक लागि उचित गन्तब्य रहेको सन्देश सहभागीहरुले दिएका छन्।