डा. विजन पन्त अक्सफोर्ड यूनिभर्सिटीको सल्लाहकारमा


बेलायतमा रहेको विश्व प्रख्यात यूनिभर्सिटी अफ अक्सफोर्ड को “गरिबी र मानव विकास विभाग” अन्तर्गत ” मल्टी डाईमेन्सन पिईर पोभरटी नेटवर्क “को सल्लाहाकारमा प्राध्यापक डा विजन पन्त  नियुक्ति हुनु भएको छ |

विगत केहि महिना देखि विकास विज्ञ को रुपमा संलग्न प्राध्यापक डा पन्त लाई यूनिभर्सिटी अफ अक्सफोर्ड को उक्त विभाग ले नेपाल लगायत दक्षिण एसिया को काम हेर्ने गरि हालसालै नियुक्ति गरेको हो | विकास मामिलामा गहिरो चासो राख्नु हुने डा पन्त यस अघि पनि समाजवादी अर्थ विकासनीति सम्बन्धी काम गर्दै आउनु भएको थियो |

यूनिभर्सिटी अफ अक्सफोर्ड को “गरिबी र मानव विकास विभाग” ले २००७ देखि स्वतन्त्र र मानव सम्वृद सम्बन्धी खोज अनुसन्धान विश्व को कयौ देशहरुमा गर्दै आएको छ | अक्सफोर्ड गरिबी र मानव विकास पहल ले मुख्य रुपमा विकाशील देशहरुमा राष्ट्रिय सरकार, अन्तराष्ट्रिय संथाहरु लगायत अन्य विभिन्न मानव विकास का विभिन्न पक्ष हरुमा काम गर्दै आएको संस्था हरु समन्वय गरि गरिबी हटाउन आधुनिक नीति नियम हरु समेत तयार गर्दा छ |

डा विजन पन्त ले नेपाल को विभिन्न महत्वपुर्ण स्थानमा रहेर काम गरिसक्नु भएको छ | नेपालका पूर्व प्रधानमन्त्री स्व – सुशील कोइराला को सामाजिक तथा विकास मामिला सल्लाहाकार को रुपमा रहेर समेत काम गर्नु भएको थियो | मानव विकास,समाजवादी अर्थ नीति र विकाशील देशहरुको गरिबी घटाउने सम्बन्धी गहिरो चासो,खोज अनुसन्धान गर्दै आउनु भएका डा पन्त संग बेलायत का विभिन्न युनिभर्सिटी पढाएको आनुभव समेत रहेको छ |