पोखरामा पाठेघर क्यान्सर विरुद्ध,खोप अभियान जारी


कृष्ण रानाभाट/पोखरा

महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप हुमेन पोपिलोमा भ्याक्सिन लगाउने अभियान जारी छ। नगर स्वास्थ्य केन्द्र पोखरा १ अन्तरगतका कार्यक्षेत्रमा पर्ने पोखरा १, २, ३, ४ र ५ मा खोप लगाउने कार्य सोमबार सम्पन्न भएको छ ।

पोउमनपा वडा नं. १ टुंडिखेलमा रहेको राष्ट्रिय उच्च माविमा ७१ जना, केफ उच्च मावि सितल बस्तीमा ४६ जना, स्पाइरल इङलिस बोर्डिङ स्कुल सिम्पनीमा ३३ जना, सस्कृत मावि बगरमा ३० जना र पोखरा २, वरपाटनस्थित बिन्ध्यबासिनी उच्च माविमा ४० जनाले उक्त खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका ल्याब टेक्निसियन अधिकृत रबिन्द्र शर्मा बस्ताकोटीले बताए ।

त्यसै गरि पोखरा ३ को बालमन्दिर उच्च माविमा ७६ जना, प्रतिभा उच्च माविमा ४६ जना, कुमुदिनी होम्स उच्च माविमा ३९ जना, नबिन उच्च माविमा ५० जना
समता निकेतन स्कुलमा ५७ जना, धर्मस्थली उच्च माविमा ७५ जना र बाराही उच्च माविमा २८ जनाले खोप लगाएका छन् ।

गत फागुन १६ गते वडा नं १, २ र ३ मा १७ गते ४, ५, ६ र ७ सम्ममा भएका निजि तथा सामुदायिक बिद्यालयको कक्षा ६ मा अध्ययन गर्ने छात्राहरूलाई खोप लगाउने अभियान चलेको थियोे भने फागुन १८ गते पोउमनपाका ८ र ९ नं. वडामा हुने छ ।

नगर स्वास्थ केन्द्र पोखरा १ कि अहेव कमला गौतम र अनमी निलिमा गुरुङले पोखरा उपमहानगरपालिकाका १ देखि ५ नं. वडा भित्रका बिद्यालयमा अध्ययन गर्ने र स्कुल बाहिरका १० बर्षका किशोरीहरूलाई खोप लगाइदिएका थिए ।